अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङ, ६ मा कानुनी साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १६ जेठ । 
वालिङ नगरपालिका वडा नं. ६ मा कानुनी साक्षरता तथा सचेतना कार्यक्रम विहिबार सम्पन्न भएको छ । वडा कार्यालयले महिलाहरुका लागी कानुनी साक्षरता तथा सचेतना कार्यक्रम गरेको हो । वडाका ५ टोलहरुबाट ७० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षक रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापाले महिला शसक्तिकरणका विषयमा सहजीकरण गर्नुभएको थियो । 
त्यस्तै वडा नं. ६ को शहरी स्वास्थ्य केन्द्रका प्रमुख ढाकाराम गैह्रेले गर्भनिरोधका उपाय, गर्भनिरोधकका सामाग्री वितरण, शिशु तथा बालबालिकाहरुको खोप तथा प्राथामिक उपचार, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुबाटा कसरी सुरक्षित हुनेलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने कृषि प्राविधिक लालप्रसाद पंगेनीले खेतिबालीहरुमा विषादी कुन समय तथा कस्तो अवस्थामा प्रयोग गर्ने, कसरी विषादीमुक्त फलफुल, तरकारी उत्पादन गर्ने, विउ विजन लिदाँ बिल लिनुपर्ने, धानका विउ राख्ने तरिकालगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 
त्यस्तै न्यायिक समिति सदस्य चिनिमाया एसकेले न्यायिक समिति, मेलमिलापकर्ता सम्बन्धी जानकारी गराउनुभएको थियो भने वडा सदस्य तिलकुमारी थापाले मानव अधिकार, प्रजनन स्वास्थ्य, वालिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेडुम्रेले सकरात्मक सोँच सम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य धनबहादुर गुरुङ, संचालन वडा सचिव रमा खनाल पाण्डे र धन्यवाद पुर्व वडा सदस्य मनबहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले महिलाहरुको सामाजिक, आर्थिक तथा राजनितिक विकासका लागी वडा सँधै सकरात्मक रहेको बताउँदै वडाका हरेक गतिविधिमा महिलाहरुको उत्साहपुर्वक सहभागिता बनाउन वडा प्रयासरत रहेको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...