अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङ उद्योग वाणिज्य संघले दियो प्लम्बिङ तालिम

 
रेडियो आँधीखोला
वालिङ, १६ जेठ । 
नेपाल उद्योग वाणिज्य महासंघ–गण्डकी प्रदेश तथा वालिङ उद्योग वाणिज्य संघको आयोजना र हेल्भेटासको इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित प्लम्बीङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यही जेष्ठ ०४ गतेदेखि शुरु गरिएको ६० घण्टे प्लम्बीङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम विहिबार वालिङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । 
तालिम कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ–गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोईरालाले तालिमको विषयमा बारेमा स्पष्ट पार्दै आगामी दिनहरुमा यस्ता किसिमका तालिमहरु आवश्यक भएमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबाट उपलब्ध गराउन सकिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, पूर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष ले. यामबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले तालिम उपलब्धीमूलक रहेको बताउँदै यस क्षेत्रका आम ब्यवसायीहरुको समस्या समाधानमा यस वालिङ उबासंघ लागी परेको बताउनुभयो । हाल उद्योग तथा पर्यटन कार्यालय (घरेलु) मा उद्योग तथा प्राईभेट फर्म नवीकरणमा लाग्ने विलम्ब जरिवानामा छुटको लागि पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघ–गण्डकी प्रदेशसँग आग्रह गर्नुभएको थियो । 
संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको स्वागत मन्तब्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । तालिममा जम्मा २४ जना प्रशिक्षार्थीहरु सक्रियतापूर्वक सहभागी भई सिप लिएका छन् भने तालिमा मुख्य प्रशिक्षक कमलप्रसाद गैह्रे तथा सहायक प्रशिक्षक प्रकाश खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...