अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा चोरी गरेको आरोपमा दुई जना पक्राउ

news

 
वालिङ, १७ जेठ । 
स्याङ्जामा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको आँधिखोला गाउँपालिका ५ चिलाउनेभाटी घर भइ हाल पोखरा बस्ने वर्ष २१ को पवन परियार र अर्जुनचौपारी गाउँपालिका ४ घर भइ हाल पोखरा बस्ने वर्ष २४ का शाहिल गुरुङ पकाउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकाारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार उनीहरुलाई मंगलबार साँझ पुतलीबजार नगरपालिका १३ मजुवा स्थित चुनी कुमारी मल्लको डेरा कोठाबाट विभिन्न कम्पनीका तीन थान मोवाईल चोरी गरेको अरोप छ ।
रेड्मी, ओप्पो र भिभो कम्पनीका चोरी गरेका मोबाइलसहित पोखराबाट पक्राउ परेका उनीहरुलाई शुक्रबार सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ९ दिनको म्याद थप अनुमति लिई चोरी मुद्दामा थप अनुसन्धान कार्य भई रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...