समाचार
भीरकोट –५ मा पुरस्कार वितरण तथा अभिभावक भेला कार्यक्रम सम्पन्न
वालिङ, १७ जेठ ।
जनप्रिय माध्यमिक विद्यालय भीरकोट ५ को शैक्षिक शत्र २०८१ को विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण तथा शैक्षिक शत्र २०८२ को प्रथम अभिभावक भेला सम्पन्न भएको छ। भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले कार्यक्रममा बोल्दैे महिला तथा बालबालिकाको शैक्षिक उपलब्धि अभिवृद्धिका लागि आफू अहोरात्र खटेर लागि परेको बताउदै विद्यालयको समग्र विकासका लागि नगर बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भीरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एबं विद्यालयका कार्यवाहक अध्यक्ष सुवेदार कृष्ण बहादुर थापा को अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा भीरकोट नगरपालिका शिक्षा शाखा प्रतिनिधि विष्णु भट्टराई, निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, शिक्षक अभिभावक संघ अध्यक्ष चोलाकान्त पौडेल, पूर्व विव्यस अध्यक्ष राजेन्द्र बहादुर सिंह, हरिहर पंगेनी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार खाँण, कालिका आधारभूत विद्यालय का प्रधानाध्यापक सुनिता उच्चै, चन्दादाता देवी प्रसाद पौडेल, पूर्व शिक्षकहरू सूर्य प्रसाद तिवारी, ज्ञान प्रसाद पौडेल, प्रगति टोल विकास समिति अध्यक्ष इन्द्र प्रसाद पौडेल, जिल्ला बाल सञ्जाल अध्यक्ष सुजाता पौडेल, विद्यार्थी सुजन अधिकारी, शिक्षक खेमराज खनाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरू द्वारा स्थापित अक्षयकोष बाट प्राप्त ब्याज बाट समेत पुरस्कृत गरिएको थियो । शैक्षिक शत्र २०८० को एसईई परीक्षामा गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई आफ्नो व्यक्तिगत तर्फबाट शिक्षक कृष्ण प्रसाद पौडेलले, अङ्ग्रेजीमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई विद्यालयका पूर्व शिक्षक धनु मानन्धरले र नेपाली विषयमा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक राधिका अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
शिक्षकलाई समेत पुरस्कृत गरिएको उक्त कार्यक्रममा सर्वध्वज स्मृति पुरस्कारबाट गणित शिक्षक कृष्ण प्रसाद पौडेल र विज्ञान शिक्षक कृष्ण प्रसाद अर्याल सम्मानित हुनुभएको थियो भने विद्यालयको तर्फ बाट नेपाली शिक्षक राधिका अधिकारी र दीपा न्यौपाने पुरस्कृत हुनु भएको थियो। विभिन्न सांगीतिक झलक हरु सहित सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो।