समाचार
सामाजिक विकासको सिर्जनात्मक लेखन गृहकार्य, गल्याङमा प्रतियोगिता सम्पन्न
वालिङ, १७ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जाका १० स्थानीय तहमा बालबालिकाहरुका बीचमा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार गल्याङ नगरपालिकामा प्रतियोगिता सम्पन्न भएसंगै १० पालिकामा प्रतियोगिता सम्पन्न भएको हो । सामाजिक विकास कार्यालयले विद्यार्थीहरुलाई विभिन्न ३० विद्यामा विदाको समय सदुपयोगका लागि जिल्लाका सबै पालिकाका विद्याथीहरुलाई गृहकार्य दिएको थियो ।
गल्याङ नगरपालिकामा “गण्डकी प्रदेशमा पर्यटनको संभावना, समस्या र चुनौती शिर्षकमा प्रतियोगितामा सम्पन्न भएको हो । प्रतियोगितामा जानकि मावीका छात्रा तारा सारु प्रथम, भानुभक्त माविका प्रान्जल भण्डारी द्धितीय र चिराग आवसयि माविका रन्जु मस्राङगी तृतियले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट हुनुभएको छ । प्रतियोगितामा सार्वजनकि माविका माण्डकी बस्यालले सान्तवना स्थान हासिल गर्नुभएको छ ।
अब बाँकी रहेका पुतलीबजारमा प्रतियोगिता गरी यही जेठ २२ गते जिल्लास्तरीय रुपमा प्रतियोगिता गरिने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । पालिकाबाट उत्कृष्ट ३ भित्र पर्न सफल विद्यार्थीहरु ३३ जना विद्यार्थीहरुले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् । ११ वटा स्थानीय तह रहेको जिल्लामा वालिङ, चापाकोट, गल्याङ र भीरकोट नगरपालिका तथा विरुवा, अर्जुनचौपारी, हरिनाश, आँधीखोला, फेँदिखोला र कालीगण्डकी गाउँपालिकामा गरी १० स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो ।