अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

चापाकोटमा १३ औँ राष्ट्रपतिकप हुने

 
वालिङ, १८ जेठ । 
चापाकोट नगरपालिका १० सुन्तलीटारमा जिल्लला स्तरिय १३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिता हुने भएको छ । जेठ १९ बाट २१ गते सम्म जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा सुन्तलीटार 
खेल मैदानमा प्रतियोगिता हुने समितिका अध्यक्ष प्रकाश रेग्मीले जानाकारी दिनुभयो । 
 
प्रदेश खेलकुद विकास समितिले चाडो निर्णय गर्दा जिल्लालाई समस्या परेको र निर्णय गरेसँगै खेलकुदको तयारी गरेको रेग्मीले बताउनुभयो ।  प्रतियोगितामा १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्याब्लिङ थ्रो, भलिबल, कबड्डी र रिले गरी ३० स्वर्ण, ३० रजत र ३० कास्यमा प्रतिस्पर्धा हुने छ । 
 
११ पालिका रहेको स्याङ्जाको पालिका स्तरीय खेलकुद गरेका १० पालिकाको सहभागिता रहने र पाँच सय भन्दा धेरै खेलाडी सहभागि रहने रेग्मीले बताउनुभयो । यहाँबाट व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र गु्रप खेलमा उत्कृष्ठ खेलाडी यही जेठ २२ गतेबाट गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपतिकप खेलकुदमा सहभागिता जनाउने छन् । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...