अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्वर्ण महोत्सवको आयव्यय आज सार्वजनिक गर्ने

 
वालिङ, १८ जेठ । 
स्याङ्जाको चापाकोट नगरपालिका ४ दार्सिङमा रहेको राममन्दिर माविले स्वर्ण महोत्सवको आयव्यय आज (आइतबार ) बिहान ११ बजे विद्यालय प्राङ्गणमा सार्वजनिक गर्ने भएको छ । आयव्यय सार्वजनिक कार्यक्रममा विद्यालयले प्रकाशित गरेको स्वर्ण महोत्सवको स्मारिका समेत विमोचन गर्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
स्वर्ण जयन्तीको उद्दघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको थियो भने समापन नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहनुभएका प्रतिनिधि सभा सदस्य राजु थापाले गर्नुभएको थियो । ज्याग्दीखोलाको तट र मल्याङकोटको कोखमा अवस्थित राममन्दिर माध्यामिक विद्यालय २०३२ मा स्थापना भएको थियो ।
यस विद्यालयमा चापाकोट नगरपालिकाको वडा ३, ४, ५ हरिनास गाउँपालिकाको ५, ६ र विरुवा गाउँपालिकाको ६ का विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् । २०३२ देखि औपचारिक रुपमा संचालनमा आएको यस विद्यालयमा २०५३ देखि माध्यमिक र २०६७ देखि प्लस टु सम्मको पढाई हुँदै आइरहेको छ । विद्यालयले स्थापना भएको ५० औँ स्थापना वर्षको अवसरमा पुस १७ गते देखि २१ गतेसम्ममा स्वर्ण जयन्ती मनाएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...