अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दलित समुदायको क्षमता विकास तालिम

 
रेडियो आँधीखोला
वालिङ, १८ जेठ । 
वालिङमा एक हप्ते दलित समुदायको सिप तथा उद्यमशीलता विकास सम्बन्धीे तालिम शनिबार देखि नयाँबजारमा शुरु भएको छ । वालिङ नगरपालिका वडा नं. ८ को आयोजना तथा दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था वालिङको संयोजनमा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै कार्यपालिका सदस्य युगमाया पंगेनीले दलित समुदायको उत्थान तथा सिप विकासका लागी नगर तथा वडाले हरेक वर्ष विभिन्न शिर्षकमा कार्यक्रम गर्दै आईरहेको बताउनुभयो । 
दलित समुदायलाई आर्थिक रुपमा शसक्त बनाई समाजमा थप अगाडि बढाउनका लागी सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कविता परियार, पुर्व कार्यपालिका सदस्य गिता रनपाल, प्रशिक्षक चित्रकुमारी दर्जी, प्रविन परियारलगायतले बोल्नुभएको थियो । दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा स्वागत जनक परियार र संचालन गोविन्द परियारले गर्नुभएको थियो । २५ जनाको सहभागिता रहेको तालिममा दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्थाका अध्यक्ष रनपाल र चित्रकुमारी दर्जीले सहजीकरण गर्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...