अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

विश्वको प्रथम महिला शंकराचार्यलाई वालिङमा स्वागत

news

 
आरती कुँवर 
वालिङ, १८ जेठ ।
विश्वको प्रथम महिला शंकराचार्यलाई वालिङमा स्वागत गरिएको छ । पतञ्जली योग समिति नेपाल  तथा महिला पतञ्जली योग समिति नेपाल स्याङ्जाले शंकराचार्य हिमानन्ध गिरी महाराजलाई शनिबार पतञ्जली योगपिठ वालिङमा स्वागत गरेको हो । नेपालको मोरङ जिल्लामा जन्मनुभएकी शंकाराचार्यलाई पोखराको कोटिहोमबाट पाल्पाको कार्यक्रममा जाने क्रममा उहाँलाई वालिङमा स्वागत गरिएको महिला पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य मैयादेवी लम्साल पौडेल सरिताले जानकारी दिनुभयो । 
शंकाराचार्यले १२ वर्ष सम्म महिला पतञ्जली योग समितिको केन्द्रिय अध्यक्ष भएर काम गर्नुभएको र अहिले विश्वको प्रथम महिला शंकाराचार्य हुनुभएको बताउदै उहाँलाई वालिङमा स्वागत गर्ने अवसर प्राप्त भएको सदस्य पौडेलले बताउनुभयो । शंकाराचार्य महाराजले पतञ्जली योगपिठमा शनिबार बास बसी आइतबार पाल्पा प्रस्थान गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
स्वागत कार्यक्रम पतञ्जली योग समितिका जिल्ला अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा भएको सम्पन्न भएको थियो भने स्वागत तथा सञ्चालन महिला पतञ्जली योग समिति केन्द्रिय सदस्य पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वालिङका प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...