समाचार
गल्याङ –२ ईलुङ्गामा युवा समुहलाई आधारशिला तालिम
वालिङ, १९ जेठ ।
स्याङ्जाको गल्याङ नगरपालिका –२ ईलुङ्गामा युवा समुहलाई आधारशिला तालिम सम्पन्न भएको छ । गल्याङ नगरपालिका वडा नम्बर २ इलुङ्गामा गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत युवा समुहको लागि हेफर आधारशिला तालिम सम्पन्न भएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले तालिमबाट युवाहरु सक्षम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमलाई सही रुपमा सदुपयोग गर्न सकेमा स्वदेशमा नै स्वरोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले हेफर प्रोजेक्ट मार्फतका सबै परियोजनाहरुले कृषि र पशुपालनलाई व्यवसायीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । समापन कार्यक्रममा नेपाली कांग्रेस गल्याङ नगर सभापती एवंम गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद वस्यालले तालिमको अधिकतम उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर २ का अध्यक्ष खर्ग बहादुर थापा, वडा नम्बर ४ का अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ४ का सचिव गिरमान थापा, निवर्तमान वडा सदस्य लालु जि टी, गल्याङ नगरपालिका कर्मचारी ऋषि वस्याल लगायतको उपस्थिति थियो । कार्यक्रममा गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजनाका परियोजना संयोजक वसन्त भलामी, प्राविधिक संयोजक कुमार वस्याल, कृषि प्रविधिक विना राना, सामुदायिक सहजकर्ता टिकिसरा ढेंगा, स्मृती थापा लगायतले बोल्नुभएको थियो ।
“भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔ“ भन्ने मुल अभियान सहित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नयाँ गोरेटो सस्थाको सहजीकरणमा तालिम भएको हो ।