समाचार
गल्याङ नगरपालिका लाई १३ औ स्याङ्जा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड को उपाधी
वालिङ, २३ जेठ ।
स्याङ्जा जिल्ला खेलकुद विकास समिति द्वारा स्याङ्जाको चापाकोट नगरपालिका मा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ संवरण पदक प्राप्त गरेको थियोे ।साथै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड,छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको थियो ।
प्रतियोगितामा गल्याङ नगरपालिका बाट सहभागीता जनाउनु हुने सम्पूर्ण खेलाडी र प्रशिक्षक लाई नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड को उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरु लाई गल्याङ नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको छ। त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११काश्य पदकसहित चापाकोट नगरपालिका उपविजेता बन्न सफल भयो।
प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्रसय,आठ सय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो, छात्र छात्रा कबडी, सटफुटलगायतका खेल सम्पन्न भएको थियो ।