अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा ३ दिने उद्घोषण तथा क्षमता विकास तालीम

news

 
वालिङ, २६ जेठ । 
गल्याङमा ३ दिने उद्घोषण तथा क्षमता विकास तालीमको दोस्रो दिन आइतबार नेतृत्व विकास र सकारात्मक सोंचसम्बन्धी प्रशिक्षण दिईएको छ । महिला शसक्तिकरणका लागि गल्याङ ९ नं वडा कार्यालयको आयोजनामा शनिबारबाट सुरु भएको तालिममा हिजो दोस्रो दिन रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले नेतृत्व विकाससम्बन्धी र गल्याङ एफएमका स्टेशन म्यानेजर केपी खनालले सकारात्मक सोंचसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको हो । ९ नं. वडा कार्यालय भवन टेक्रेमा सञ्चालन भईरहेको तालिममा वडा नं ९ भित्रका एकसय जना महिलाहरुको सहभागिता रहेको छ । तालिम भोलि सकिने छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...