अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मानव सेवा फाउन्डेसनलाई जग्गा दान

 
 
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।
 
उनीसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
 
उनका अनुसार फाउन्डेसनलाई  अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ ।  आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...