अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा कोरोना सङ्क्रमण : 'नेपालमा डराउनुपर्ने अवस्था छैन, तर सतर्क हुन आवश्यक छ'

news

डा. प्रकाश बुढाथोकी 
प्रवक्ता, स्वास्थ्य मन्त्रालय 

जेठ २६, भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिन थालेपछि नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न तयारीहरु अघि बढाइएका छन् । संक्रमणको पहिचानका लागि अहिले केसहरू सङ्कलन गरी जिन सिक्वेन्सिङको काम थालिएको छ । जसका लागि करिब ४०/५० वटा नमूनाहरू आवश्यक पर्छन् । परीक्षणमा केही दिन लाग्ने भएकाले नयाँ भेरियन्टबारे अहिले नै पुष्टि गर्ने अवस्था छैन । तथापि सरकार र सम्बन्धित निकायहरू यसमा सक्रिय छन् ।

भारतमा संक्रमण देखिनासाथ नेपालमा यसको प्रभाव नपरोस् भन्ने उद्देश्यले सीमा नाकाहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ । स्वास्थ्य परीक्षण र निगरानीको काम तीव्र रूपमा भइरहेको छ । देशभरका सात सयभन्दा बढी प्रयोगशालाहरूमा लक्षण देखिएका व्यक्तिहरूको निगरानी भइरहेको छ । अहिलेसम्म गम्भीर प्रकृतिका बिरामी भने भेटिएका छैनन् । शुरुमा केही बिरामीहरूमा सामान्य लक्षण देखिए पनि अहिलेको अवस्था सामान्य नै छ । सीमा क्षेत्रमा पहिचान भएका संक्रमितहरू अहिले आफ्नै घरमा आइसोलेशनमा बसेका छन् ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति र परीक्षण सामग्री (किट) को केही अभाव छ । तर, सरकारले यसतर्फ पनि ध्यान दिँदै आवश्यक व्यवस्था गरिरहेको छ । सबैजसो नागरिकले खोप लगाइसकेको हुँदा अघिल्लो लहरमा जस्तो भयावह अवस्था दोहोरिने सम्भावना छैन । तर पनि सजग र सतर्क रहनु आवश्यक छ । जनस्वास्थ्यका मापदण्डहरू जस्तै भौतिक दूरी कायम गर्ने, हातको सरसफाइमा विशेष ध्यान दिने, भीडभाडबाट जोगिने, मास्क प्रयोग गर्ने आदि अनिवार्य रूपमा पालना गर्न आवश्यक छ ।

अहिलेको संक्रमणलाई गम्भीर नभनिए पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्नु राम्रो हुँदैन । आम नागरिक नै सचेत बन्न जरुरी छ  । छिमेकी देशमा संक्रमणको दर उच्च हुँदै गएको सन्दर्भमा खुला सिमानाको प्रभावले नेपालमा पनि संक्रमण फैलन सक्ने जोखिम छ । सरकारले भारतबाट नेपाल आउने नाकाहरुमा निगरानी, परीक्षण र अन्य सतर्कताका उपायहरू अपनाइरहेको छ ।

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीसँगको कुराकानीमा आधारित)

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...