अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चर्चित भागवत वाचिका राधिका दासी अर्जुनचौपारी आउने

news

 
वालिङ, २७ जेठ । 
नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि चर्चित भागवत मञ्जरी राधिका दासी स्याङ्जा आउने भएकी छन् । अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर दर्शनका लागि बिहीबार राधिका स्याङ्जा आउने भएकी हुन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले राधिका दासीको स्वागत र सम्मानका लागि उपस्थित हुन सम्पूर्णमा आग्रह गरेका छन् । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको पहलमा बनेको नवग्रह मन्दिरको स्वदेश सँगै विदेशमा पनि चर्चा चुलिएको छ । यहाँ तिथि विशेष र शनिवार मात्र पूजाआजा हुने हुँदा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...