समाचार
हरिनासमा अभिभावक शिक्षा कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, २८ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गर्दै आईरहेको छ । यसैअन्र्तगत सामाजिक विकास कार्यालय, हरिनास गाउँपालिकामा रहेका पितम्बार मावि र जनकल्याण माविमा सोमबार र मंगलबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा प्रशिक्षक कृष्ण गोदारले सहजिकरण गर्नुभएको थियो । बाल अधिकार र शिक्षा कानुन सम्बन्धमा हरिनास गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजिव स्वर्णकारले र योग, ध्यान सम्बन्धमा जीवन विज्ञानका प्रशिक्षक राधा अर्यालले सहजिकरण गर्नुभएको थियो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यस्ता कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने कार्यालयको विश्वास छ ।