अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भीरकोटको भाग्योदयमा अभिभावक शिक्षा कार्यक्रम

 
 
वालिङ, २९ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गर्दै आईरहेको छ । यसैअन्र्तगत सामाजिक विकास कार्यालयको आयोजनामा भीरकोट नगरपालिका भाग्योदय माविमा बुधबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
 
कार्यक्रममा शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले अभिभावकहरुलाई बालबालिकालाई घरमा समेत सहज वातावरण बनाउन तथा आफ्ना बच्चाको रुचिका विषयमा हौसला दिन अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो ।
 
अभिभावक, शिक्षक, विद्यार्थीको अन्तर सम्बन्ध मजबुत बनाउन यो खाले कार्यक्रमले टेवा पुग्ने र विद्यार्थीले शिक्षा प्राप्त गर्न परिवारबाट समेत सहयोग मिल्ने बताउनुभयो । यस्तै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पूर्व मेयर छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 
विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा प्रशिक्षक भोजराज थापाले सहजीकरण गर्नुभएको थियो । बाल अधिकार र शिक्षा कानुन सम्बन्धमा भीरकोट नगरपालिकाका शिक्षा शाखा नायब सुब्बा विष्णु भट्टराई र योग, ध्यान सम्बन्धमा जीवन विज्ञानका प्रशिक्षक राधा अर्यालले सहजिकरण गर्नुभएको थियो । 
 
यस्ता कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने कार्यालयको विश्वास छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...