अहिले तरंगमा

केहि छिनमा

समाचार

भागवत मञ्जरी राधिका दासी पुगिन् नेपालकै पहिलो नवग्रह मन्दिरमा

news

 
वालिङ, ३० जेठ । 
ख्यातिप्राप्त भागवत मञ्जरी राधिका दासीले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा पुगेर विधिवत पूजा गर्दै दर्शन गर्नुभएको छ । बिहीबार स्याङ्जा आएर दासीले अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्मित नेपालकै पहिलो नवग्रह मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको हो । दासीले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा पूजाआजा गर्नुभएको थियो ।
भागवत मञ्जरी राधिका दासीले नवग्रह मन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तव्य भएको बताउनुभयो । यस्तो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबद्र्धनका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर देशमै पहिलोपटक नवग्रह मन्दिर निर्माणको पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई धन्यवादसँगै दासीले बधाई समेत ज्ञापन गर्नुभयो । घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो भने गत फागुन ६ गतेबाट १६ गते सम्म शिवरात्रीको अवसरमा अनुष्ठान गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...