समाचार
पानीको बहाव ह्वात्तै बढ्यो
रेडियो आँधीखोला
वालिङ, २ असार ।
कालीगण्डकी नदीको माथिल्लो क्षेत्रमा बर्षा भएका कारण पानीको बहाव ह्वात्तै बढेको छ । कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रमा सचेत रहन कालीगण्डकी ए जलविद्युत केन्द्र, बेल्टारी स्याङ्जाले आग्रह गरेको छ ।
नदीमा पानीको बहाव बढेसँगै कालीगण्डकी ए जलविद्युत केन्द्र बेल्टारीको बाँध नियमित खोल्नुपर्ने अवस्था आएकोले जुनसुकै बेला खोल्न सकिने कालीगण्डकी जलविद्युत केन्द्रले जनाएको छ ।
केन्द्रले गुल्मी, स्याङ्जा पाल्पाका नदी किनार क्षेत्रमा नजान, निर्माणका सामग्रीहरु भए हटाउन र उच्च सतर्क रहनुहुन सबैलाई सुचित गरेको जनाएको छ ।