अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

चापाकोट नगरपालिकाले दियो निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा

 
वालिङ, ३ असार । 
स्याङ्जाको चापाकोट नगरपालिकामा संचालित निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)ले नगरपालिकाले पहिलो पटक निःशुल्क शिक्षक सेवाको तयारी कक्षा संचालन गरेको र आगामी वर्ष पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
ईश्वरले निःशुल्क शिक्षक सेवा तयारी कक्षाको सहयोगले विद्यार्थीको क्षमता विकास हुने र अन्यत्र गएर पढ्नु पर्ने बाध्यता हटेको बताउनुभयो । चापाकोट नगरपालिका नगर उपप्रमुख इशा रानाले निशुल्क शिक्षक सेवा तयारी कक्षामा पुरुष भन्दा महिलाको सहभागिता अधिक रहेकोले आफुलाई धेरै नै खुशी लागेको बताउनुभयो ।
तालिममा प्रशिक्षकको रूपमा सहजिकरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जामा कार्यरत सुरेश सुवेदी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुर्य प्रसाद शर्मा, शिक्षा शाखा चापाकोटको प्रमुख इन्दु भेटवाल, विनु प्रसाद पराजुली, ढाकाराम भट्टराई लगायतले गर्नुभएको थियो । जेठ १७ गते देखि संचालित तालिममा ३१ जनाको सहभागिता रहेको थियो भने ३२ वटा कक्षाहरू संचालन भएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...