अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सामी परियोजना बारेमा संचारकर्मीबीच छलफल

 
वालिङ, १४ असार । 
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र यसका गतिबिधिका बारेमा जानकारी गराउने उदेश्यले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी संचारकर्मीहरुसंग अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले सबैभन्दा पहिला स्वदेशमै रोजगार पहिचान गर्नु पर्ने बताउनुभयो । स्वदेशमा पनि राम्रो आयआर्जन गरेका प्रशस्त उदाहरुणहरु रहेको जनाउदै दोश्रो बिकल्पका रुपमा विदेश जानै परे कानूनी रुपमा आफु बलियो बनेर जान सुझाव दिनुभयो । 
विदेश यात्राको सुरुवात चरणदेखि नै विदेशी भूमिका कानूनका बारेमा जानकारी लिनुका साथै सीप तथा तालिम लिएर मात्र विदेश जानुपर्ने बताउनुभयो । जानुअघिका कानून अनुरुपका तयारी गर्नुपर्नेमा जोड दिदै उहाले राहदानी लगायत अन्य कागजातका बारेमा समेत सुरक्षित रहनु पर्ने बताउनुभयो ।
उपप्रमुख देवी अर्यालले सामी कार्यक्रमका प्रभावकारिताका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइरालाले संचारकर्मीका भुमिका बिषयमा प्रशिक्षण दिनुभएको थियो । सामी परियोजना स्याङ्जाका संयोजक अनन्त रेग्मीले जिल्लाका अवस्थाका बारेमा जानकारी गराउदै हालसम्म परियोजनाले गरेका काम, सहयोगका बारेमा जानकारी गराउनु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...