समाचार
भीमटारीमा मादल तथा हार्मोनियम बजाउने तालिम सकियो
रेडियो आँधीखोला
वालिङ, १४ असार ।
वालिङ नगरपालिका वडा नंं. ८ भीमटारीमा मादल तथा हार्मोनियम बजाउने तालिम सम्पन्न भएको छ । भीमटारी सामुदायिक सिकाई केन्द्रको आयोजनामा एक हप्ते तालिम गरादी कम्प्लेक्समा सम्पन्न भएको हो । धर्म तथा संस्कृति संरक्षणका लागी वडास्तरीय बाद्यवादन प्रशिक्षणको आयोजना गरिएको हो ।
तालिमको समापन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारीले संस्कृतिसंग जोडिएको बाद्यवादन यन्त्रहरुको संरक्षण तथा यसको सिप हस्तान्तरणका लागी यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । लोकसंस्कृतिसंग जोडिएको मादललगायतका बाद्यवादन यन्त्रहरुको प्रयोग पछिल्लो समय कम हुँदै गईरहेको परिप्रेक्षमा यस्ता तालिमले संस्कृति जोगाउन सहयोग गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, नगरपालिका प्रशासन साखा प्रमुख नारायण रेग्मी, मोहनीशरण प्रतिष्ठानका अध्यक्ष धु्रवशरण अर्याल, जिल्ला समन्वय समिति सदस्य सरस्वति बगाले, प्रशिक्षक देवराज गैह्रेलगायतले तालिमलाई व्यवहारमा उर्तान आग्रह गर्नुभएको थियो । वडाका २७ जनाको सहभागिता रहेको तालिममा देवराज गैह्रेले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको अन्तिम दिन शुक्रबार वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले सिकाई केन्द्र सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य टिकराज गुरुङ र संचालन कृष्णप्रसाद अर्यालले गर्नुभएको थियो । तालिममा सहभागिहरुले प्रमाणपत्र प्राप्त गरेका छन् ।