अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जिल्ला बालसञ्जालले बालदिवसको सन्दर्भ पारेर जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगिता गर्ने

news

 
रेडियो आँधीखोला
वालिङ, १४ असार । 
जिल्ला बाल सञ्जालको बैठक शनिबार सम्पन्न भएको छ । उक्त बैठकले यस वर्षको बालदिवसमा बालबालिका समूहको पञ्चेबाजा प्रतियोगिता गर्ने निर्णय गरेको छ । सामाजिक विकास कार्यालय स्याङ्जामा सम्पन्न बैठकले आगामी भाद्र २९ गते उक्त प्रतियोगिता गर्ने निर्णय भएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जनाकारी दिनुभयो ।  
बैठकले स्याङ्जा जिल्लाका बालसञ्जालका पदाधिकारीहरुले आफ्नो स्थानीय तह र आफ्नो विद्यालयमा बालसञ्जाल तथा बालसमूह गठन र परिचालनमा भूमिका निर्वाह गर्ने, स्थानीय बालमैत्री शासनको प्रतिबद्धता र घोषणामा बालसञ्जालका पदाधिकारीले टेवा पुर्याउने, विपतमा परेका बालबालिकालाई सहयोग गर्ने, बालबिबाह, बालश्रम साथै सामाजिक  विकृति विरुद्ध विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ  । 
बैठकमा बालबालिकाहरुले आफ्नो स्थानिय तहमा बालबलिकाको लागि भएका असल अभ्यासहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । एस.इ.ई नतिजामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा ग्रेड वृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना समेत दिइएको छ । 
जिल्ला बालसञ्जाल अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा सामाजिक विकास कार्यालयको तर्फबाट बालसञ्जाल स्याङ्जाका बालबालिकाहरुलाई पोषाक निर्धारण गरी वितरण गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...