अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

वालिङमा १ महिने सिलाई कटाई तालिम सम्पन्न

news

 
वालिङ, १७ असार । 
वालिङ, ८ मा सिलाई कटाई तालिम सम्पन्न भएको छ । वालिङ वडा नं ८को सहयोगमा सञ्चालित दलित समुदायको क्षमता विकास कार्यक्रम अन्र्तगत १ महिने एडभान्स सिलाई कटाई तालीम सम्पन्न भएको हो । तालीमको समापनका अवसरमा बोल्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले दलित समुदायको उत्थानका लागि यस प्रकारका कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, वडा सदस्य कविता रनपाल, ५ नं वडाका वडा सदस्य अनिता नेपाली, शिक्षा अधिकृत दुर्गा न्यौपाने, प्रशिक्षार्थीहरुको तर्फबाट जनक परियार, गोविन्द परियारलगायतले बोल्नुभएको थियो ।
यस्तै कार्यक्रममा वालिङ नगरपालिकाद्धारा २०८१को माध्यमिक शिक्षा परिक्षा एसईईमा उतिर्ण १५ जना दलित विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको स्वागत गिता रनपाल र सञ्चालन प्रविण परियारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...