समाचार
विज्ञापन बोर्डको सदस्यमा मोहन गुरुङ
वालिङ, १७ असार ।
विज्ञापन बोर्डको सदस्यमा मोहन गुरुङ नियुक्त हुनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तर निर्णय अनुसार विज्ञापन बोर्डको सदस्यमा तोकिनुभएको हो । उहाँ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम बोर्डको सदस्य पदमा ४ वर्षका लागि जेठ २८ को निर्णयअनुसार तोकिनु भएको हो ।