अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

लायन्स क्लबको पद हस्तान्तरण

 
 
रेडियो आँधीखोला
वालिङ, १८ असार । 
लायन्स क्लब अफ वालिङ सिटीको आज पद हस्तान्तरण गरिएको छ । वालिङमा आयोजित एक कार्यक्रममा लायन्स क्लबका नवनिर्वाचित समितिलाई निर्णय पुस्तिका हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ वालिङ सिटीको वर्ष २०२४÷२५ का अध्यक्ष स्वाँ श्रेष्ठले २०२५÷२६ का लागि अध्यक्षमा नवनिर्वाचित पार्वती पंगेनीलाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको हो ।
 
कार्यक्रममा बोल्नुहुँदै समाजसेवी यामबहादुर गुरुङले मानवीय सेवा भावकासाथ आगामी दिनमा थप नयाँ नयाँ रचनात्मक कार्यक्रमहरु बनाएर कार्यान्वयनलागि सबै जना एकजुट भई लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष सीताराम अधिकारी, कविता भुसाल, लियो ३२५ एम नेपालका डिस्ट्रिक भाईस प्रेसिडेण्ट दिक्षान्तप्रताप खाँणलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पंगेनीले आगामी कार्यकालकाबारेमा आफ्ना योजना तथा कार्यान्वयनको प्रतिवद्धता जनाउनुभएको थियो । लायन्स क्लब अफ वालिङ सिटी वर्ष २०२४÷२५ का अध्यक्ष स्वाँ श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पार्वती पंगेनीले र सञ्चालन सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो । सोही समारोहमा लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष संजोग थापाले नवनिर्वाचित अध्यक्ष राज भट्टराईलाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...