अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुर्णामृत भवानी माविद्धारा एसईई उतिर्ण विद्यार्थीलाई बधाई ज्ञापन

 
वालिङ, १८ असार । 
स्याङ्जाको वालिङ वडा नं. १० स्थित पुर्णामृत भवानी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा (एसईर्ई)मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी पुर्णामृत भवानीमाविबाट २०८१ सालको एसर्ईई परिक्षामा उतिर्ण भएका १०३ जना विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कल्पना अर्यालले एसईई परिक्षामा उतिर्ण हुनुभएका विद्यार्थी भाईबैनीलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षक, अभिभावक तथा विद्यार्थीको मेहनतले राम्रो नतिजा ल्याउन सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रअ विष्ण प्रसाद अर्याल, वर्तमान प्रअ दिपक लम्सालले राम्रो शिक्षा प्रदान गर्नको लागि विद्यालय सँगसँगै परिवारको पनि उत्तिकै हात हुने भएकाले विद्यार्थी लगायत अभिभावकहरुलाई पनि बधाई व्यक्त गर्नुभएको थियो ।
पुर्णामृत भवानी माविमा १०३ जना विद्यार्थी उतिर्ण गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यालय देखि भकुण्डे, भुम्रे हुँदै वालिङ मोड सम्म बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा विव्यस सदस्य यमकान्त खनालले आजको आधुनिक परिवेशमा शिक्षाको लागि पुर्णामृत भवानी मावि एकमात्र शैक्षिक गन्तव्य भएकाले सबैको रोजाईको विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रम विव्यस सदस्य यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...