अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भीरकोटमा ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण

news

 
वालिङ, १९ असार । 
स्याङ्जाको भीरकोट नगरपालिकामा अनुदानमा मिनी टिलर वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आयोजनामा बुधबार ५० प्रतिशत अनुदानमा कृषकलाई मिनी टिलर वितरण गरिएको हो । भीरकोट नगरपालिकाको कृषि विकास कार्यक्रम अन्र्तगत भीरकोटका १ देखी ९ नं. वडाका ४५ जना कृषकलाई ५÷५ वटा का दरले ४५ वटा मिनी टिलर वितरण गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्नुहुदै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले यस कार्यक्रमले कृषकहरुलाई कृषि पेशामा आवद्ध हुन सहयोग पु¥याउने बताउनुभयो । साथै उहाँले कृषिमा जोडिने तथा उत्पादकत्व बढाउन कृषकहरुलाई सहज र प्रोत्साहन मिल्ने उहाँको विश्वास छ ।
कार्यक्रममा भीरकोट नगर प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र केसीले पछिल्लो समय प्रविधिको विकास भैरहेको बेला मिनी टिलर प्रयोग गरेर आफ्नो जमिनलाई हराभरा बनाउन सकिने बताउनुभयो । कार्यक्रम भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय बहादुर पराजुलिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख श्रवण कुमार विष्टले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...