समाचार
जबरजस्ती करणी उद्योग मुद्दाका फरार कसूरदार पक्राउ
वालिङ, २० असार ।
जबरजस्ती करणी उद्योग मुद्दाका फरार कसुरदारलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर –९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट जवरजस्ती करणी उद्योग कसूर मुद्दामा तिन वर्ष ६ महिना कैद र रु. एक लाख पचास हजार रुपैयाँ जरिवाना ठहर भइ भुक्तान गर्न बाँकी रहेका भण्डारी फरार रहेका थिए । उनलाई कैद भुक्तान तथा जरिवाना असुलको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो समय आफ्नो कार्यलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउँदै विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।