अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बिरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

 
वालिङ, २१ असार ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले कार्यक्रमको उद्देश्य र गाउँपालिकाको कार्यप्रगतिबारे विस्तृत जानकारी दिनुभएको थियो ।
उपाध्यक्ष भगवती शर्माले कार्यक्रमको स्वागत मन्तव्य दिँदै गाउँपालिकाले समावेशिता, पारदर्शिता र जवाफदेहिताका आधारमा स्थानीय तहमा सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताउनुभयो । सुनुवाइ कार्यक्रममा पालिकाले चालू आर्थिक वर्षमा गरेका प्रमुख काम, बजेटको खर्च अवस्था, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा सामाजिक क्षेत्रका उपलब्धी र चुनौतीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा पावर न्युज नेटवर्क प्रा.लिका गोपाल जिटीले सहजिकरण गर्नुभएको थियो ।
गाउँपालिकाका वडाध्यक्षहरू, वडा सचिवहरू, विभिन्न टोल विकास संस्था, स्थानीय संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्था प्रमुख, महिला, युवा, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा झनै प्रभावकारी ढंगमा सेवा प्रवाह गर्न सुझाव र सल्लाह प्रदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष कुँवरले सहभागीहरुको जिज्ञासा तथा गुनासाहरुको सम्वोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । गाउँपालिकाले जनताको सूचनामा पहुँच, स्थानीय विकासमा नागरिक सहभागिता र गुनासो समाधान प्रणालीलाई सुदृढ गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...