अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङबाट सुन चोरी गरेको आरोपमा दुई पक्राउ

 
वालिङ, २२ असार । 
स्याङ्जाको वालिङ नगरपालिका ६ मा सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चापाकोट नगरपालिका ४ घर भई हाल वालिङ नगरपालिका ६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो ।
वालिङ नगरपालिका ६ स्थित थान कुमारी पाण्डेको घरबाट असार १७ गते चोरी भएको थियो । पाण्डेको घरबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान चोरी भएको सूचनाको आधारमा दुई जनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले चोरी मुद्दामा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट कानूनी कारवाही अगाडी बढाईएको जनाएको छ ।
वालिङ आसपासका क्षेत्रमा विगतका दिनहरूमा पनि घरभित्र पसी मानिसले लगाएका सुनहरू थुत्ने र चोर्ने जस्ता कार्यहरू भइरहेको थियो । यस्ता घटनाहरूहरूबाट सचेत रहन र संकास्पद व्यक्तिहरू हिडडुल गरेको पाइएमा तुरून्तै नजिकको प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...