अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकी गल्याङ यातायात प्रालीको भेला सप्पन्न

 
वालिङ, २२ असार । 
सुरक्षीत यात्रा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित स्याङ्जाको गल्याङ नगरपालिकामा प्रधान कार्यालय रहेको कालीगण्डकी गल्याङ यातायात प्रालिले बस ब्यबसायीको भेला गल्याङमा सम्पन्न गरेको छ । 
भेलामा बोल्दै कालीगण्डकी गल्याङ यातायात प्रालिका पुर्ब अध्यक्ष सुर्य प्रसाद चापागाईंले ब्यबसायी को हक हित संरक्षण को लागि प्राली सदैव लागि पर्ने बताउदै यात्रुको सुरक्षा सहित अनुशासनमा विशेष ध्यान दिन समेत आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा कालीगण्डकी गल्याङ यातायात प्रा लि का अध्यक्ष भेमलाल अर्याल, सचिव विष्णु अधिकारी , कोषाध्यक्ष दया भट्टराई, कार्यालय प्रमुख प्रकाश भट्टराई, संचालक समिती सदस्य चिन्तामणि अर्याल, सुर्य प्रसाद पाण्डे, बस रुट संयोजक खेमानन्द न्यौपाने , प्रकाश पङेनी लगाएतले ब्यबसायीहरुको सुरक्षा बिमा इन्स्योरेन्स लगाएतमा ध्यान दिन आग्रह गर्दै  बर्षा याम लागे सङै ग्रामीण क्षेत्रका जनतालाई यातायातको सेवा पुर्याउनु र उहाँहरुको सुबिधाको लागि प्राली सधैब लाग्ने कुराबताउनु भएको थियो । 
भेलाले प्रत्येक बर्ष को असार मा रुट परिवर्तन हुने प्रालीको नियम अनुसार हिजो भेला राखेको कार्यालयले जानकारी दिएको छ । हिजो बसेको भेलामा बस ब्यबसायी,  संचालक समिती तथा जिप ब्यबसायका रुट संयोजकहरु को उपस्थिति रहेको थियो । 
भेलाको अध्यक्षता कालीगण्डकी गल्याङ यातायात प्रालिका अध्यक्ष भेमलाल अर्यालले गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यालय प्रमुख प्रकाश भट्टराईले गर्नु भएको थियो भने सन्चालन सचीव विष्णु अधिकारीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...