अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंकद्धारा वृक्षारोपण

news

 
 
रेडियो आँधीखोला 
वालिङ, २३ असार । 
हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंकले पर्यावरण जोगाईराख्नकालागि जिल्लाका विभिन्न ठाउँहरुमा वृक्षारोपण गरेको छ । गरिमा विकास बैंकको वालिङ ६ मिर्दीस्थित शाखाले स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह«ौंसुर कालिका मन्दिर परिसरमा बर, पिपल र स्वामी लगाएको हो । 
 
आज लगाईएको बर पिपल स्वामी ठूलो भएपछि त्यस स्थलमा गरिमा चौपारी निर्माण गर्ने उद्देश्यसहित वृक्षारोपण गरिएको शाखा प्रमुख कमलप्रसाद रेग्मीले बताउनुभयो । गरिमाको वालिङ शाखाले वालिङ स्कोलार्समा र बयरघारी शाखाले धार्मिक स्थल छायाँक्षेत्र शिवमन्दिर छाङ्छाङ्दीमा वृक्षारोपण गरेको हो । त्यस्तैगरी
हरिशयनी एकादशीका दिन हिजो स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र छाङ्छाङ्दी मन्दिरमा एक लाख २५ हजार ४०७ भेटी संकलन भएको छ ।
 
मन्दिरका अनुसार आजीवन सदस्यताबाट ३५ हजार ६१५, सहयोग रसिदबाट २३ हजार ६६२, दानपेटिकाबाट २६ हजार २०० र मुल मन्दिर तथा भजनमण्डलीबाट ३९ हजार ९३० गरी कूल एक लाख २५ हजार ४०७ भेटी संकलन भएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...