अहिले तरंगमा

केहि छिनमा

समाचार

प्रनाउ पण्डित र पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम

news

 
रेडियो आँधीखोला 
वालिङ, २३ असार । 
वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा सरुवा भई आउनुभएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक कमलराज पण्डित र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । वडा प्रहरी कार्यालय वालिङमा नवआगन्तुक प्रहरी प्रमुखलाई स्वागत गर्नुकासाथै विभिन्न विषयमा अन्तरक्रिया तथा छलफल भएको हो ।
वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा आउनुभएका पण्डितले जिल्लामा क्रियाशिल पत्रकारहरुको न्यानो स्वागतले थप उत्साह बढेको बताउनुभयो । कार्यालयले शान्ति सुरक्षा लगायतका कार्यक्षेत्रभित्रका विभिन्न क्षेत्रहरुमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले एकापसमा सूचनाहरुको आदान प्रदान तथा समन्वय र सहकार्यकालागि साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो । स्वागत तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टरमा आवद्ध रहेका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...