अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

पुतलीबजार बरजामा बंगुरका पाठा वितरण

news

 
रेडियो आँधीखोला 
वालिङ, २३ असार । 
पुतलीबजार–१०, राङ्खोला स्थित राङ्खोला सिकाइ केन्द्रद्वारा बरजामा “बंगुरका पाठा वितरण कार्यक्रम“ आइतबार सम्पन्न भएको छ । बंगुर पालनमा संलग्न भै आएका तथा सो पेशामा संलग्न हुन चाहने महिलाहरूलाई लक्षित गरेर आय आर्जन वृद्धि गरि उनीहरूको जीवनस्तर सुधार गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 
 
उक्त कार्यक्रममा बरजाका २८ घर परिवारका महिलाहरूलाई १–१ वटाका दरले पाठा÷पाठी वितरण गरिएको थियो । कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले महिलाहरुलाई आयआर्जनमा जोड्दै उत्पादन बढाउन यस प्रकारका कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो । साथै उहाँले महिलाहरुको क्षेत्रमा नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभएको थियो ।
 
कार्यक्रममा उप–प्रमुख देवी अर्याल, पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बराल, युवा राजनितिज्ञ कुमबहादुर गुरूङ, पूर्व वडा अध्यक्ष दुर्गबहादुर शाह लगायतका व्यक्तिहरूले उक्त कार्यक्रमले वास्तविक कृषि पेशामा संलग्न महिलाहरूलाई आत्मनिर्भर बनाउन निकै ठुलो सहयोग पुग्ने अपेक्षा गर्नुभएको थियो । 
सिकाइ केन्द्रका अध्यक्ष भिमसेन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सिकाइ केन्द्रकी सदस्य केशकुमारी थापा, धन्यवाद ज्ञापन वडा अध्यक्ष अग्निप्रसाद पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रका सचिव सुरजकुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी व्यक्तित्वहरू लगायत स्थानिय व्यक्तिहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...