समाचार
एम्नेष्टी ईन्टरनेशनल नेपालको छैटौं साधारणसभा सम्पन्न
वालिङ, २९ असार ।
एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ४७ स्याङ्जाको छैटौं साधारणसभा आज वालिङमा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी दिनमा एम्नेष्टी ईन्टरनेशनलले अगाडि सारेका कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनकालागि वालिङ नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गिरमान गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी वालिङका अध्यक्ष सुरेन्द्र काफ्ले, संस्थाका संस्थापक अध्यक्ष मधुसुदन गैह«े, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, संस्थाका सल्लाहकार ध्रुबप्रसाद शर्मा पंगेनी, पूर्णामृत भवानी माविका प्रधानाध्यापक दीपक लम्साललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष भोजराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद सहसचिव गीता रनपाल, स्वागत कोषाध्यक्ष मैयाँदेवी लम्साल र सञ्चालन सचिव जोगराज पाठकले गर्नुभएको थियो ।