समाचार
स्याङ्जामा पछिल्लो ३ महिनामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
वालिङ, ३१ असार ।
पछिल्लो तीन महिनामा स्याङ्जामा २४ सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
स्याङ्जा जिल्लामा हालसम्म २४ सवारी साधन दुर्घटना भएका छन् जसमा २ ट्रक, २ बस, ३ ट्रिपर, १ ट्याम्पो, १५ मोटरसाइकल र १ माइक्रो बस गरी २४ सवारी दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी सवारी दुर्घटनामा तीन जना चालक र सहचालकको मृत्यु भएको हो । जसमा दुई पुरुष र एक महिला रहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
सडक दुर्घटनामा घाइते चालक र सहचालकमा एक महिला र १२ पुरुष गरी १३ जना घाइते भएका हुन् । यात्रुहरु एक महिला र तीन पुरुष गरी चार जना घाइते भएका हुन् । त्यसैगरी पैदल यात्रुमा २ महिला र १ पुरुष गरी ३ जना सडक दुर्घटनामा घाइते भएका हुन् । त्यसैगरी ४ सवारी साधनमा क्षति पुगेको छ भने कुल २१ मुद्दा दर्ता भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।