अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लापसे गरी सवारी चलाउने दुई जना कारवाहीमा

news

 
रेडियो आँधीखोला
वालिङ, ३२ असार । 
लागु पदार्थ सेवन गरी सवारी चलाउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारवाही गरेको छ ।
 
सडक दुर्घटनालाई न्यूनिकरण एवम् यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले गत जेठ ६ गतेदेखि सुरु भएको लागु पदार्थ सेवन चेकिङ अभियान अन्तर्गत मंगलबार दुई जनालाई कारवाही गरिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबाजर १ प्रगतिनगर र पुतलीबजार ४ नागडाँडास्थित सिद्धार्थ राजमार्गमा चेक गरेको हो ।
 
चेकजाँचकाक्रममा ग १ ज ६८२७ नम्बरको बलेरो जीप चालक स्याङ्जाको अर्जुनचौपारी ५ काउरे बस्ने २३ वर्षीय गोविन्दबहादुर सुनार र ग १ त ५१३० नम्बरको ट्याक्टर चालक आँधीखोला गाउँपालिका ६ सेतिदोभान बस्ने २६ वर्षीय विशाल दर्जीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
 
लागु पदार्थ सेवन गरी सवारी चलाएका चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थपी कानूनी कारवाही अगाडि बढाईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...