अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

दुधमा पाँच रुपैयाँ अनुदान

 
रेडियो आँधीखोला
वालिङ, २ साउन । 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले प्रति लिटर दुधमा पाँच रुपैयाँ अनुदान दिएको छ । भीरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपैयाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार ६०० रुपैयाँ गरी नौ लाख ९९ हजार २५० रुपैयाँ अनुदान दिएको हो । 
पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले कार्यालयले निकालेको सूचनामा माग भएका तीनमध्ये दुई वटा छनौट गरी अनुदान दिएको बताउनुभयो । कार्यालयले दुई चरणमा गरेर अनुदान दिएको बताउँदै श्रेष्ठले सिधै अनुदानभन्दा उत्पादनको आधारमा प्रभावकारी देखिएको बताउनुभयो । 
उहाँले सहकारी दुध सङ्कलन गरेको दैनिक विवरणको आधारमा अनुदान दिएको बताउनुभयो । यस्तै, कार्यालयले भीरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा एक लाख एक हजार रुपियाँको मिल्क एनालाइजर प्रदान गरेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...