अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जबरजस्ती करणी कसुर मुद्दाका फरार कसुरदार पक्राउ

 
रेडियो आँधीखोला
वालिङ, २ साउन । 
जबरजस्ती करणी कसुर मुद्दाका फरार कसुरदारलाई बिहीबार  स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेशन टोलीले पुतलीबजार नगरपालिका १३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुमकुमारी दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
 
पक्राउ दर्जीलाई जिल्ला अदालत स्याङ्जाले २०८१ वैशाख १६ गते जबरजस्ती करणी कसूर मुद्दामा दुई महिना २३ दिन कैद तोकेको थियो । कैद तोकिई फरार कसुरदारलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानकालागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।
 
“सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “न्यायिक कारवाहीलाई पूर्णता दिंदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताकालागि विशेष अप्रेसनहरु सञ्चालन भईरहेका छन् ।”
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...