अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

 
वालिङ, ५ साउन । 
स्याङ्जामा राहदानी लिने नागरिकको संख्या बढ्दो रहेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पछिल्लो विवरणअनुसार नयाँ नागरिकता लिनेको तुलनामा राहदानी लिने नागरिकको संख्या उल्लेखनीय रुपमा बढी देखिएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङ स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी रहेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ नागरिकता लिने सात हजार ८५५ जना रहेका थिए । यस अवधिमा राहदानी लिने १० हजार ८२९ जना रहेका छन्, जुन नयाँ नागरिकता लिनेभन्दा अझै धेरै हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल ११ हजार आठ सय ४२ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय वालिङसमेत) बाट आर्थिक वर्ष २०८१÷०८२ मा प्रतिलिपीबाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८,४८१ वितरण गरेको छ भने २९ जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले १० नागरिकता र एक नागरिकता प्रतिलिपी रद्द गरेको छ ।
अमेरिकामा ९, बेलायतमा ५, क्यानाडा र हङकङमा ३÷३, अस्ट्रेलिया, पोर्चुगल र भारतमा २÷२, जापान, फिनल्यान्ड र नर्वेमा एक÷एक जनाले उहीँ कै नागरिकता लिई नेपाली नागरिकता त्याग गरेको कार्यालयले जनाएको छ ।
यसैबीच, स्याङ्जा प्रशासनले नागरिकतासंगै परिचयपत्र वितरणमा समेत उल्लेखनीय सेवा प्रदान गरेको छ । कार्यालयले ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ । विदेशिने लहर, वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणको लागि राहदानी आवश्यक परेकाले राहदानी माग उच्च रहेको बताइएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...