अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङबाट २२औं वोलवम यात्रा सुरु

news

 
वालिङ, ५ साउन । 
स्याङ्जाको वालिङबाट २२ औँ संस्करणको वोलवम यात्रा शुरु भएको छ । शान्तिको सन्देश फैलाउने र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वालिङबाट सुरू गरिएको वोलवम यात्राको २२औं संस्करण आइतबारदेखि सुरु भएको हो । यस वर्षको यात्रा दोलखा कालिन्चोकसहित १८ वटा जिल्लाका प्रमुख धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रमसहित प्रारम्भ भएको हो । २०६० सालदेखि वालिङका युवाहरूले सुरु गरेको यो सामूहिक धार्मिक भ्रमण कार्यक्रमले अहिले देशका सयभन्दा बढी प्रमुख शक्तिपीठ तथा तिर्थस्थलको यात्रा गरिसकेको छ । यसपटकको यात्रामा ७२ जना भक्तजन सहभागी छन्।
वोलवम यात्रीहरूलाई वालिङस्थित केदारनाथ मन्दिरबाट एक विशेष समारोहबीच गण्डकी प्रदेशसभा सांसद कल्पना तिवारीले बिदाइ गर्नुभएको हो । उहाँले वोलवम यात्राले वालिङलाई देशभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताउँदै सफल यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष दिपेन्द्र तिवारीका अनुसार “पहिला देश अनि विदेश” भन्ने मूल सन्देशसहित थालिएको वोलवम यात्राले युवामा धार्मिक जागरण ल्याउनुका साथै सामाजिक एकता र सद्भाव सुदृढ गर्न सघाएको छ । ८ दिनसम्म सञ्चालन हुने यस यात्रामा पहिलो दिन लम्जुङको राईनासकोट, दोस्रो दिन भक्तपुर हुँदै दोलखा कालिन्चोक र जिरी, त्यसपछि सिन्धुली, रामेछाप, मकवानपुर लगायत जिल्लाका प्रमुख धार्मिक स्थलहरूको भ्रमण गरिनेछ ।
यात्रा प्रारम्भ समारोहमा वोलवम समितिले मृगौला पीडित, क्यान्सर पीडित र गौशालालाई आर्थिक सहयोग समेत गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका अध्यक्ष शोभाकान्त पौडेल, गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराई, पृथ्वीराजमार्ग यातायात व्यवसायी विमल अर्याल लगायतले यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...