अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

 
वालिङ, ८ साउन । 
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको ४७ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले आज गल्याङमा वृहत रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ७४ जनाले स्वेच्छिक रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ७० जना पुरुष र ४ जना महिला रहेका छन् । कार्यक्रमको प्रमुख आमन्त्रितका रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । 
कार्यक्रममा सम्वोधन गर्दै केन्द्रीय महासचिव चौलागाईंले स्व. पुष्पलालको विचार, योगदान र आजको समयको आवश्यकता अनुसार युवाको भूमिका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले पुष्पलालले नेपाली जनताको मुक्तिको लागि देखाएको बाटोमा आजको पुस्ताले सेवा र समर्पणका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रक्तदान जीवन दान भएकाले युवासंघले सकारात्मक सन्देशसहित सराहनीय कार्य गरेको महासचिव चौलागाईंले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुष्पलालले नेपाली जनताको मुक्तिको लागि देखाएको बाटोमा आजको पुस्ताले सेवा र समर्पणका माध्यमबाट अगाडि बढ्नुपर्छ । रक्तदान जस्तो मानव सेवाका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश पुर्याउँछ ।”
स्व.पुष्पलालको योगदानलाई जहिले पनि सिरोपर गरेर अगाडि बढ्नुपर्नेमा महासचिव चौलागाईंले जोड दिनुभयो । उहाँले पार्टीलाई र देशलाई अफ्ठ्यारो परेका बेला सधैं अग्रभागमा रहेर संगठितरुपमा समाज उत्थानका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको र भोलिका दिनमा पनि यसैगरी सक्रियताकासाथ कार्य गर्दैजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका वक्ताहरुले स्वर्गीय पुष्पलालको योगदान र मार्गदर्शक सिद्धान्तको स्मरण गर्दै समाजसेवा मार्फत उहाँको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा युवासंघमा आवद्ध युवाहरु, नेकपा एमालेका केन्द्रदेखि जिल्लास्तरका नेता कार्यकर्ताको साथमा स्थानीय सामाजिक अभियन्ता, विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ, स्याङ्जाका कार्यवाहक अध्यक्ष राजन पोख्रेलले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम भविष्यमा अझ व्यापक रूपमा गरिने प्रतिबद्धता जनाउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...