अहिले तरंगमा

केहि छिनमा

समाचार

स्याङ्जाको पुतलीबजार ५, गौंडेको पौवैखोला पुलको समुद्घाटन

news

 
वालिङ, ११ साउन । 
स्याङ्जाका पुतलीबजार नगरपालिका ५, गौंडेको पौवैखोला पुलको समुद्घाटन गरिएको छ । बाड्खोला दुलेगौंडे सडकमा पर्ने पौवैखोला पूलका गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर के.सीले उद्घाटन गर्नुभएको हो । 
पूर्वाधार कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार वडा नं. ५ को समन्वयमा भएको कार्यक्रममा पुलको उद्घाटन गर्दै मन्त्री केसीले पुलले यस क्षेत्रको विकास र आर्थिक चलायमानमा महत्वूर्ण भूमिका खेल्ने बताउँनुभयो । उहाले तोकिएको समय भन्दा छिटो ८ महिनामा पुल सम्पन्न गरि हस्तान्तरण गरेकोमा निर्माण कम्पनीलाई धन्यबाद दिँदै, यस पुल पोखरा दुलेगौंडा जानका लागि छोटो सहितको बैकल्पीक मार्ग भएको बताउँनुभयो ।
 सानो पुल भएपनि यस मार्गको लागि महत्वूर्ण भूमिका रहने बताउँदै पुलले जनजीवनमा थप सहजता ल्याउँने र आर्थिक गतिविधिमा सहयोग ल्याँनेमा विश्वासका साथ सडकको थप स्तरोन्नतीका लागि पहल गर्ने बताउँनुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश सदस्य एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, गण्डकी प्रदेश सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेल, सांसद तथा पूर्व मन्त्री सीता सुन्दास, सांसद कल्पना तिवारी, जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खड्गराज सुवेदी, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, पुतलीबजार नगरपालिकाका निवर्तमान प्रमुख सीमा कुमारी क्षेत्री, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, जिविस पूर्व उपसभापति मदनबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा राङखोला सिद्धबाबा निर्माण सेवाले ८ महिनामा सम्पन्न भएको पुल  १५.६ मिटर लम्बाई, ८.४ मिटर चौडाईको रहेको पुल १ करोड ७५ लाख ६९ लाख तेत्तीस रुपैयाँमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो । 
पुतलीबजार नगरपालिका वडा न.. ५का अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य एवं पुतलीबजार नगरपालिका लेखा समितिका संयोजक सन्तोष रेग्मीले स्वागत एवं वडा नं. ५ का सचिब राजेश पुरीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...