समाचार
प्रहरी सहायक हवल्दार सारुलाई असार महिनाको उत्कृष्ट प्रहरी
रेडियो आँधीखोला
वालिङ, १३ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी सहायक हवल्दार कर्ण बहादुर सारुलाई असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा घोषणा गरेको छ ।
उत्कृष्ट प्रहरी छनोट कार्य विधि २०८१ बमोजिम २०८२ असार महिनाको उत्कृष्ट प्रहरीको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सारुलाई स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेद्धारा बेस्ट पोलिस अफ दि मन्थ घोषणा गरिएको हो । सारुले असार महिनामा विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका १७ जना र बैंकिङ्ग कसुर मुद्धामा मुद्धा दर्ता भई फरार रहेका १ जना महिलालाई पक्राउ गरी फैसला कार्यान्वयन तथा अपराध नियन्त्रण कार्य गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।