समाचार
स्याङ्जामा कुटपिट गरी फरार सोतीमगर पक्राउ
वालिङ, १५ साउन ।
स्याङ्जाको चापाकोट नगरपालिका २ (साविक रत्नपुर गाविस २) मा कुटपिट गरी फरार एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चापाकोट नगरपालिका २ (साविक रत्नपुर गाविस २) धुर्कोट घर भइ हाल कास्की पोखरा महानगरपालिका १७ तल्लोबिरौटा टोल बस्ने ४६ वर्षीय बाजिद्र बहादुर सोतीमगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । २०५० फागुन महिनामा सोतीमगरले गाउँकै छिमेकीको विवाह कार्यक्रममा स्थानीय (तत्काल अन्दाजी ६० वर्षीय) हस्ते विक लाई कुटपिट गरेको थिए ।
विकको उपचारको क्रममा मृत्यु भएको थियो । सर्वोच्च अदालतको मिति २०५९ असोज ७ गतेको फैसलाले सोतीमगरलाई दुई वर्ष कैद सजाय तोकिएको थियो । कैद सजाय तोकिएपछि फरार रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई लुकिछिपी बसेको अवस्थामा साउन १३ गते कास्कीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सोतीमगरलाई कैद भुक्तानको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।