अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

चोरी गर्ने पक्राउ

 
रेडियो आँधीखोला
वालिङ, १६ साउन । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी गर्नेलाई पक्राउ गरेको छ ।  पुतलीबजार–०६ टक्सार काउले का नर बहादुर गुरूङको किराना पसलबाट रियल गोल्ड वियर १७ वोत्तल, सोफि रक्सी १ कार्टुन, विभिन्न कम्पनीको चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट र ५ के.जी. कुखुराको मासु चोरी गर्ने सोही ठाउँका २२ वर्षीइ तोरण परियार पक्राउ परेका हुन् ।  सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उक्त चोरीका केही सामानहरू सहित परियारलाई पक्राउ गरी नकवजनी चोरी मुद्दामा अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । 
त्यस्तै लागुपदार्थ सेवा गरी सवारी चलाउने ३ जना पक्राउ परेका छन् । सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, म¥यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जेष्ठ ६ गतेदेखि शुरु गरेकोे “ला.प.से. चेकिङ अभियान” ति ३ जना बुधबार पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले जिल्ला गल्याङ–०३ चौकीलाईनमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूलाई लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा जिप, टिप्पर र मोटरसाईकल चालक पक्राउ परेका हुन् । ग. १ क. ५०५७ नम्बरको टिप्पर चालक चालक वालिङ ०६ बस्ने २६ वर्षीय मिलन राना, ग. १ ज. २६९० नम्बरको जिप चालक गल्याङ ०८ बस्ने २६ वर्षीय सनिप गाहा र लु. ४३ प. ९०६० नम्बरको मोटरसाईकल चालक गल्याङ २ गराङ्दीका २८ वर्षीय आशिष थापा  पक्राउ परेका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...