अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भीरकोटको खिलुङदेउराली स्वास्थ्य चौकी मर्मत

news

 
वालिङ, १७ साउन । 
भीरकोट नगरपालिका–६ मा रहेको खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षमा मर्मत गरिएको छ । स्थानीय नागरिकको स्वास्थ्यमा ख्याल गर्ने पालिकाको यस स्वास्थ्य चौकीबाट यस पहिला वर्षौंसम्म मर्मत नहुदाँ जीर्ण, चुहिने र जोखिम मोलेर सेवा दिनु परेको थियो । २०४४ सालमा चार कोठाको टिनले छाएको सामान्य भवन स्थापना भएको यो स्वास्थ्य चौकीको नयाँ भवन २०५६ सालमा बनेको थियो ।
निर्माण भएता उक्त भवनको रङरोगन र मर्मत गरिएको थिएन भने वडा नं –६ को मतदान केन्द्रको रूपमा समेत प्रयोग हुँदै आएको भवनको मर्मत सम्भार र रङरोगन नहुँदा बेवारिसे र जीर्ण सरकारी भवन बनेको थियो । वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले भवनको सङ्घीय सरकारले स्वास्थ्य मन्त्रालय मार्फत  भीरकोट नगरपालिकालाई बजेट विनियोजना गरेसँगै भवन पहिलो पटक मर्मत भएको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत गरिएको निर्माणमा करिब ३३ लाख ६६ हजार बजेट खर्च भएको हो । दुई वटा आवाससहित छ वटा कोठा मात्र रहेको भवनमा पाँच वटा अहिले कोठा थपिएका छन् भने सबै कोठाहरूमा टायल बिछ्याइएको समितिका अध्यक्ष लिलाप्रसाद रेग्मीले जानकारी दिनुभयो । पुराना खिया लागेर पानी चुहिने भएका जस्ता पाता फेरेर रङ्गिन जस्ता पाताले छाइएको छ भने बिरामी कुर्ने प्रतिक्षालय निर्माण गरिएको रेग्मीले बताउनुभयो ।
प्रतिक्षालय र कोठाहरूमा आवश्यकता अनुसार सिलिङ्ग फ्यान र वाल फ्यान जडान गरिएको छ भने पुरानो विद्युत वाईरिङलाई मर्मत समेत गरिएको छ । यहाँ फर्निचरहरू आवश्यकता अनुसार मर्मत र थप गरिएको छ भने झट्ट हेर्दा यो स्वास्थ्य चौकी अस्पताल जस्तै सुन्दर र व्यवस्थित बनेको छ ।
स्वास्थ्य चौकी तारबार र प्रवेशद्वार समेत व्यवस्थित र आकर्षक बनाइएको छ भने दशैँ नै आएको अहिले अनुभूति स्थानीयलाई भएको छ । भण्डारखोलामा रहेको यो स्वास्थ्य चौकीबाट गत आर्थिक वर्षमा सात हजार सात सय जना नागरिकले स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी प्रमुख युक्त नारायण अर्यालले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा नेपाल सरकारले तोकेका ९४ थरी औषधी निःशुल्क उपलब्ध हुन्छन् भने बर्थीङ सेन्टरको सुविधा समेत रहेको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा, भिडियो एक्सरेबाट गर्भवती जाँच, परिवार नियोजन सेवा, पाठेघरको स्क्रिनीङ सेवा, नियमित खोप सेवा, क्षयरोगको औषधी, सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...