अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

विपद् व्यवस्थापनमा स्याङ्जाका पालिकाहरुको सहकार्य

news

 
वालिङ, १७ साउन । 
स्याङ्जामा रहेका पालिकाहरुले विपद् व्यवस्थापनमा सहकार्य सुरु गरेका छन् । जिल्लाका ११ वटै पालिकाले विपद् व्यवस्थापनको लागि पूर्व तयारी स्वरुप एक आपसमा सहकार्य गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको निर्णय अनुसार पालिकाहरुले सहकार्य गर्दै विपद्को पूर्व तयारी गरेका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।  
समितिको बैठमा नगरपालिकाले पाँच लाख ५० हजार र गाउँपालिकालाई चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको थियो । जस अनुसार ३८ लाख सङ्कलन भएको थियो । पहिलो चरणमा रु २० लाखको विपद्जन्य उद्धारका सामाग्री खरिद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । 
जिल्लास्थित चार बटै सुरक्षा निकायको सहभािगतामा विपद्जन्य उद्धार सामाग्री खरिद गर्न चेकलिष्टतयार पारिएको थियो । सोही चेकलिष्टका आधारमा पहिलो चरणमा उद्धार सामाग्री खरिद गरिएको हो । पालिकाहरुले सहकार्य गरेर खरिद गरेका सामाग्री जिल्ला सदरमुकाम स्थित प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । 
जिल्लाका एघार वटै पालिकमा छिटो उद्धार गर्न सकियोस् भनेर पायक पर्ने ठाउँमा उद्धार सामाग्री राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष उद्धारकर्मीको साथमा सामग्री समयमा नै उद्धारका लागि पु¥याउन पायक पर्ने ठाउँमा राखिएको हो ।” प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा रहेका स्थानीय सुरक्षा निकायलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...