अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आनन्द आश्रमको वैचारिक गोष्ठी सम्पन्न

news

 
वालिङ, १८ साउन । 
स्याङ्जाको आँधीखोला गाउँपालीका–६ फापरथुममा आनन्दआश्रम ज्ञान केन्द्रको ३० औँ अध्याय एवं साहित्यिक तथा वैचारिक गोष्ठी शनिबार सम्पन्न भएको छ ।  गोष्ठीमा फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको बानियाले बताउनुभयो । 
गोष्ठीमा साहित्यकार दिवाकर सुवेदी, शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता र कथा सुनाउनुभएको थियो । यस्तै, टिकाराम ढकाल वनपाले, संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि र भावी योजना सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...